
१४ पुस, काठमाडौं । बलिउड अभिनेत्री तथा लेखक ट्विंकल खन्ना बुधबार आफ्नो ४८ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा उनका पति एवं अभिनेता अक्षय कुमारले विशेष शुभकामना दिएका छन् ।
यतिबेला अक्षय र ट्विंकल माल्दिभ्समा छुट्टी मनाइरहेका छन् । ट्विंकलले पति अक्षय र छोरी निताराको साथमा त्यहीं जन्मदिन मनाउन गइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अक्षय कुमारले पत्नी ट्विंकलको जन्मदिनको अवसरमा माल्दिभ्सबाटै एक रोमान्टिक तस्वीर शेयर गर्दै उनको प्रशंसा गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
अभिनेता अक्षय कुमार र अभिनेत्री ट्विंकल खन्ना बलिउडका चर्चित जोडीमध्ये एक हुन् । उनीहरु प्रायः आफ्नो विशेष कुरा सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4