+
+

सुर्खेतमा भत्काइएको वीरेन्द्रको शालिक पुनः राखियो

यज्ञ खत्री यज्ञ खत्री
२०७८ पुष १४ गते १४:२८

१४ पुस, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनः राखिएको छ । राजा वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा वीरेन्द्रचोकमा अर्धकदको सालिक राखिएको हो ।

स्वतन्त्र सुर्खेती आयोजक सेवा समितिले बुधबार शालिक राखेको हो । यो समूहको अगुवाइ गोरक्ष पीठाधीश योगी बलभद्रले गरेका हुन् ।

इतिहासलाई जोगाउनुपर्ने भएकाले शालिक राखिएको युवाहरूले बताएका छन् । वीरेन्द्रनगरको विकासमा योगदान पुर्‍याएको भन्दै २०४४ सालमा पहिलो पटक वीरेन्द्रचोकमा वीरेन्द्रको शालिक राखिएको थियो ।

तर, २०६२-०६३ मा आन्दोलनले वीरेन्द्रको सालिक फालिदिएका थिए । आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै शालिक तोडफोड गरेर भत्काइदिएका थिए ।

वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनर्निर्माण गरेपनि शालिक भने राखेको थिएन । पुनर्निर्माण भएको लामो समयसम्म शालिक राख्ने वा नराख्ने विषयमा विवाद भइरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी समितिले आज शालिक राखिदिएको हो ।

 

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?