+
+

भारतमा थप ९ हजार १९५ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १५:१८

१४ पुस, काठमाडौं। भारतमा कोरोना भाइरसबाट थप ९ हजार १९५ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख आठ हजार ८८६ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा थप ३०२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ५९२ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७७ हजार २ जना रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा सात हजार ३४७ जना कोरोनाबाट मुक्तभएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५१ हजार २९२ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् ।

भारतमा कोरोना भाइरस निको हुने दर ९८.४० प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४३ करोड १५ लाख ३५ हजार ६४१ भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?