+
+

चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १५:२२

१४ पुस, बुटवल। वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन् ।

उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चीसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी नगर कार्यपालिकाको वैठकले जाडो बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए । बुटवलमा सामुदायिक ३८ र संस्थागत(निजी) ५८ विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?