+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सशस्त्र युद्धका क्रममा लागेका सबै मुद्दा खारेज गर्न माग  

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १६:५९

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश १ का प्रतिनिधिहरुले सशस्त्र युद्धका क्रममा नेता कार्यकर्तामाथि लागेका सबै खाले मुद्दाहरु तत्काल खारेजीको पहल गर्न पार्टीसँग माग गरेका छन् ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेताहरुले सशस्त्र युद्धका क्रममा नेता कार्यकर्तामाथि लागेका मुद्दा खारेजीको पहल गर्न माग गरेका हुन् ।

उनीहरुले सशस्त्र युद्धमा घाइते भएका सबैलाई सम्मानसहित प्रमाणपत्र तथा परिचय पत्र दिन पनि माग गरेका छन् । ‘जनयुद्धका शहीद परिवार बेपत्ता परिवार, घाइते तथा अपाङ्गहरूलाई रोजगारी आर्थिक सुविधा प्रमाणपत्र र परिचय पत्र उपलब्ध गराइनु पर्दछ । तिनलाई सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ’ प्रदेश १ समूहले प्रस्तुत गरेको समूहगत छलफलको निष्कर्षमा भनिएको छ ।

शान्ति प्रक्रिया अघि र पछिका बहिर्गमित माओवादी सेना, स्वेच्छिक अवकास लिएका र क्यान्टोनमेन्टमा बसेका गरी तत्कालिन माओवादी सेनालाई ५ किसिममा वर्गीकरण गरी आर्थिक व्यवस्थापनसहित सांगठनिक जिम्मेवारीमा समेट्नुपर्ने पनि सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?