+
+

सशस्त्र युद्धका क्रममा लागेका सबै मुद्दा खारेज गर्न माग  

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १६:५९

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश १ का प्रतिनिधिहरुले सशस्त्र युद्धका क्रममा नेता कार्यकर्तामाथि लागेका सबै खाले मुद्दाहरु तत्काल खारेजीको पहल गर्न पार्टीसँग माग गरेका छन् ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेताहरुले सशस्त्र युद्धका क्रममा नेता कार्यकर्तामाथि लागेका मुद्दा खारेजीको पहल गर्न माग गरेका हुन् ।

उनीहरुले सशस्त्र युद्धमा घाइते भएका सबैलाई सम्मानसहित प्रमाणपत्र तथा परिचय पत्र दिन पनि माग गरेका छन् । ‘जनयुद्धका शहीद परिवार बेपत्ता परिवार, घाइते तथा अपाङ्गहरूलाई रोजगारी आर्थिक सुविधा प्रमाणपत्र र परिचय पत्र उपलब्ध गराइनु पर्दछ । तिनलाई सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ’ प्रदेश १ समूहले प्रस्तुत गरेको समूहगत छलफलको निष्कर्षमा भनिएको छ ।

शान्ति प्रक्रिया अघि र पछिका बहिर्गमित माओवादी सेना, स्वेच्छिक अवकास लिएका र क्यान्टोनमेन्टमा बसेका गरी तत्कालिन माओवादी सेनालाई ५ किसिममा वर्गीकरण गरी आर्थिक व्यवस्थापनसहित सांगठनिक जिम्मेवारीमा समेट्नुपर्ने पनि सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?