+
+

सानिमा बैंकले ल्यायो अंग्रेजी नयाँ वर्ष लक्षित योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १७:२६

काठमाडौं । सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना’ ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैंकिङ मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ ।

मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आइफोन १३ प्राप्त गर्नेछन् । यस्तै पुरस्कार बापत २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण गर्ने अवसर प्राप्त गर्ने बै‌ंकले जनाएको छ ।

त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु. १०० क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो इ–बैंकिङ प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ । यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?