
१४ पुस, काठमाडौं । नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार प्रकरणमा थप एक जना पक्राउ परेका छन् । योसँगै प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी सुदीप गिरीले ललितपुरबाट थप एक जनालाई बुधबार पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार योसँगै प्रकरणमा संलग्न सबै जना पक्राउ परेका छन् ।
मंगलबार अपरान्ह महानगरीय प्रहरी प्रभाग, बसपार्कमा ३३ वर्षीया महिलाले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी दिएकी थिइन् । उनको उजुरीमाथि अनुसन्धानका क्रममा बुधबार बिहानसम्म ८ जना पक्राउ परेका थिए ।
‘साँझ थप एक जना पक्राउ गरेर प्रारम्भिक अनुसन्धान थालिएको छ’ एसएसपी गिरीले अनलाइनखबरसँग भने । पीडित महिलाको मंगलबारै प्रसूति गृहमा स्वास्थ्य जाँच गरिसकिएको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ ।
प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको नामावली
- मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० घर भई वर्ष २३को हिक्मत नेपाली,
- मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० घर भई वर्ष २२ को रतन नेपाली,
- मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ६ घर भई वर्ष २१ सुरेश सेज्वाल,
- मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० का वर्ष १९ को दीपक नेपाली
- मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० घर भई वर्ष २३को शिवहरि बुढा,
- मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० घर भई वर्ष २४ को युवराज बुढुवाल
- अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं १२ घर बताउने जिल्ला कपिलवस्तु बुद्धभूमि बस्ने वर्ष ४३ को गोपाल कुमार शिरिष ।
- मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० बस्ने वर्ष २५/२६ को हस्त नेपाली (१४ गते बिहान पक्राउ गरेको)
- मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं ११ झाकोट घर भई वर्ष २४ को चन्द्र साउद (१४ गते दिउँसो पक्राउ गरेको)
प्रतिक्रिया 4