+
+

शुक्र राईले जिते सुर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १८:२२

१४ पुस, धरान। स्थानीय प्रो शुक्रबहादुर राईले सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् ।

धरान गल्फ क्लबमा बुधबार सम्मपन्न खेलको अन्तिम दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते ।

सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे ।

प्रो तर्फ धरानकै बलभद्र राईले समग्रमा ७ ओभर २ सय १७ स्कोरसहित दोस्रो भए । उनले ८८ हजार रुपैयाँ जिते । तेस्रो स्थानमा ९ ओभर २ सय १९ स्कोर जोडेका निरज तामाङले ६५ हजार रुपैयाँ हात पारे । चौथो स्थानमा संजय लामाले १० ओभर २ सय २० स्कोरसाथ ५३ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

एमेच्योरतर्फ युवराज भुजेल दोस्रो र सद्भाव आचार्य तेस्रो भए ।सुरुवाती दुई दिनमा ३६ होलको खेलपछि २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको थियो । कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए ।

विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल पुलिसका एआइजी हरी पाल, सुर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज र धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो-एम इभेन्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?