+
+

होबार्टको जितमा सन्दीपले लिए ३ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १९:०७

१४ पुस, काठमाडौं। अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) मा होबार्ट हुरिकेन्सबाट खेलिरहेका नेपाली लेग स्पीनर सन्दीप लामिछानेले लगातार तीन खेलको विकेटविहीन यात्रा टुङ्याउँदै बुधबार मेलवर्न रेनेगाड्सविरुद्ध ३ विकेट लिएका छन् ।

मेलवर्नमा भएको खेलमा सन्दीपले ३.५ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ३ विकेट लिएका हुन् ।

सन्दीपले पछिल्लो पटक १४ डिसेम्बरमा पर्थ स्कोर्चर्सविरुद्ध १ विकेट लिएका थिए । त्यसपछि पर्थ स्कोर्चर्स विरुद्धको दोस्रो खेल, मेलवर्न स्टार्स र अनी एडेलेइड स्ट्राइकर्सविरुद्धको खेलमा सन्दीप विकेट विहिन बनेका थिए ।

त्यसअघि उनले सिड्नी सिक्सर्स विरुद्धको पहिलो खेलमा १ विकेट लिएका थिए भने सिक्सर्सविरुद्धकै अर्को खेलमा विकेन लिन सकेका थिए ।

यस सिजन होबार्टले खेलेको ७ वटै खेल खेलेका सन्दीपले ३ खेलमा मात्र विकेट लिएका छन् । उनले ७ खेलमा कूल ५ विकेट लिएका छन् ।

होबार्टले सिजनको चौथो जित हात पार्दा बेन म्याकडेर्मोटले शतक प्रहार गरे भने टम रोजर्स र सन्दीपले समान ३ विकेट लिए ।

म्याकडेर्मोटले ६५ बल खेल्दै ९ चौका र ९ छक्का प्रहार गरेर १२७ रन बनाएरपछि होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउर २०६ रन बनाएको थियो । पिटर ह्याण्ड्सकोम्बले २० बलमा २४ रन बनाउँदा टिम डेभिडले ९ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा अविजित ३० रन जोडे । रेनेगाड्सका रिस टोलेले २ विकेट लिए ।

लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको रेनेगाड्सले १५.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो । रेनेगाड्सका ओपनर साम हार्परले ५७ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?