+

सन्दीपले भने- आजको जित बाढीपीडित नेपालीप्रति समर्पित

२०८३ भदौ  १५ गते १६:५३ २०८३ भदौ १५ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी प्रिमियर कपमा विजयी सुरुवातपछि कप्तान सन्दीप लामिछानेले यो जित देशका बाढीपीडित नागरिकलाई समर्पित गरेका छन् ।
  • सन्दीपले सामाजिक सञ्जालमार्फत कठिन समयबाट गुज्रिरहेका नेपालीलाई प्रार्थनामा सम्झन आग्रह गर्दै मैदानमा शतप्रतिशत दिने बताएका छन् ।
  • रसुवाको भोटेकोशी बाढीपछि उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको तलब सहयोग गर्ने र प्रिमियर कपभर थप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

१५ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले यो जित देशका बाढीपीडित नागरिकलाई समर्पित गरेका छन् ।

नेपालले पहिलो खेलमा प्रभावशाली जित निकालेपछि सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सन्दीपले कठिन समयबाट गुज्रिरहेका सम्पूर्ण नेपालीलाई आफ्नो प्रार्थनामा सम्झन आग्रह गरेका हुन् ।

‘प्रतियोगितामा उत्कृष्ट सुरुवात भयो। यो जित मेरो सुन्दर देश नेपालका ती सबै नागरिकका लागि हो, जो अहिले कठिन समयबाट गुज्रिरहेका छन् । कृपया नेपाल र नेपालीका लागि प्रार्थना गरिरहनुहोस्’ उनले भने, ‘हामी मैदानमा आफ्नो शतप्रतिशत दिनेछौं, ताकि देशका मानिसका अनुहारमा थोरै भए पनि खुसी, हौसला र मुस्कान ल्याउन सकियोस् । जय नेपाल!’

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सन्दीपले यसअघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका थिए ।

साथै प्रिमियर कपभर नेपालले लिने प्रत्येक विकेट र प्रहार गर्ने प्रत्येक चौका–छक्कामा थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट टोली सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय