+

पोल्यान्डका सेटर एमिलियन स्मेटेक कर्णाली शिवराजमा आबद्ध

२०८३ भदौ  १५ गते ८:४३ २०८३ भदौ १५ गते ८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली शिवराजले आगामी नेपाल भलिबल लिगका लागि पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरेको छ।
  • स्मेटेक कर्णाली शिवराजका लागि अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन्।
  • टोलीले आगामी सिजनका लागि नेपाली र विदेशी खेलाडी अनुबन्धलाई तीव्रता दिइरहेको छ।

१५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराज ले आगामी सिजनका लागि पोल्यान्डका सेटर एमिलियन स्मेटेक लाई अनुबन्ध गरेको छ ।

स्मेटेक कर्णाली शिवराजका लागि अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । टोलीले विदेशी खेलाडी भित्र्याउँदै आगामी एनभीएलका लागि आफ्नो टोली निर्माणलाई थप बलियो बनाउने अभियान अघि बढाएको जनाएको छ ।

सेटरको भूमिकामा खेल्ने स्मेटेकले टोलीको आक्रमण निर्माण, खेल सञ्चालन र समन्वयमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ ।

कर्णाली शिवराजले आगामी सिजनका लागि नेपाली तथा विदेशी खेलाडी अनुबन्धलाई तीव्रता दिँदै प्रतिस्पर्धात्मक टोली तयार पार्ने तयारी गरिरहेको छ ।

एमिलियन स्मेटेक कर्णाली शिवराज नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय