
१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको छ ।
अध्यक्ष प्रचण्डको राजनीतिक र नेता देव गुरुङको विधान मस्यौदामा आज १४ समूहका प्रतिनिधिहरुको टोली नेताले आ-आफ्नो समूहको निष्कर्ष सुनाउने कार्यक्रम छ ।
प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएकामा ११ टोलीको नेताको प्रस्तुतीकरण बुधबार नै सकिएको थियो ।
छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन सुझावसहित अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी छ ।
माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए । श्रेष्ठले सम्भवतः आजै निर्वाचन तालिका प्रकाशन हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4