+
+

एनएमबी बैंकका ग्राहकलाई  हिमालय दृश्य होटलमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १८:३५

१६ पुस, काठमाडौं । एनएमबी बैंकका ग्राहक तथा कर्मचारीले धुलिखेलमा रहेको हिमालय दृश्य होटलमा विशेष छुट पाउने भएका छन् ।

बैंक र होटलका अधिकारबीच खानामा १० प्रतिशत र आवासमा २० प्रतिशत छुट दिने सम्झौता पत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।

बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबी बैंकले छुटका लागि सहकार्य गरेको जनाएको छ । एनएमबी बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत्  सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?