+
+

एनएमबी बैंकद्वारा लैङ्‍गिक समता र सामाजिक समावेशीकरण सम्बन्धी योजना घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १७:१०

काठमाडौं । एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्‍गिक समता तथा सामाजिक समावेशीकरण (जेसी) योजना सार्वजनिक गरेको छ ।

उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्‍गिक समानतालाई प्रोत्सान गर्ने बैंकको विश्वास छ ।

जेसीले समग्र बैंकिङ प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको जनाएको छ ।

बैंकले लैङ्‍गिक समता र सामाजिक समावेशीकरण जेसी योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैब, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्ज स्थित शाखाहरूमा फरक ढङ्‍गले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्‍याम्प स्थापना गरेको छ ।

साथै महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व वुमन लिडरसीप कार्यक्रम समेत सुरुवात गरिसकेको छ ।

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ ।

एनएमबी बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेकोछ ।

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबी बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?