+
+
Shares

एनएमबी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनएमबी बैंकले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहत र पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जाने गरी ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
  • सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलसहितको टोलीले सो रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ।
  • बैंकले प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख बराबरको राहत सामग्री पनि प्रदान गरेको छ।

१७ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलसहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।

साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकका लागि दश लाख बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ । अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?