+
+
Shares

एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो, ४०.६ प्रतिशतको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनएमबी बैंकको वार्षिक खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
  • प्रभावकारी वासलात व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ।
  • डिजिटल कारोबार विस्तारसँगै बैंकको शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

१९ साउन, काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार पहिलोपटक बैंकको वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँ नाघेको छ।

बैंकका अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति सेयर वितरणयोग्य आम्दानी ९.०८ प्रतिशत कायम भएको छ।

प्रभावकारी वासलात व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ कारोबार विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ।

बैंकका अनुसार पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा पूँजी प्रतिफल ११‍.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?