+
+

एनएमबि बैंकले यो पटक लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १०:४५

१४ मंसिर, काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष कति पनि लाभांश नदिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ३.३ प्रतिशत नगद र १२.५ प्रतिशत सेयर बोनस दिएको थियो ।

त्यस्तै २०७७/७८ मा ३.२ प्रतिशत नगद र १३ प्रतिशत बोनस दिएको बैंकले २०७६/७७ मा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर दिएको थियो । सेयर बजारमा बैंकको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ७० पैसा रहेको छ ।

चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?