
२१ वैशाख, काठमाडौं । एनएमबी बैंकले शनिबार भक्तपुर गट्ठाघर शाखाबाट सुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्मको मार्गमा ‘१२औं हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय निकाय र सर्वसाधारण गरी करिब ७ सय जनाको सहभागिता थियो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्थित थिए ।
उक्त कार्यक्रममा एनएमबी बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई ५ लाख रुपैयाँ सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टबिन समेत हस्तान्तरण गरिएको छ ।
सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरिएको छ । बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेस प्रदेशमा वीरगञ्ज शाखादेखि शंकराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनी प्रदेशमा भल्वारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली प्रदेशमा वीरेन्द्रनगर शाखादेखि काँक्रेबिहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रिन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिक्रिया 4