+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
44/3 (7.4)
Shares

एनएमबी बैंकको सफ्टपोस सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनएमबी बैंकले नेपालमा पहिलो पटक सफ्टपोस सेवा सुरु गरेको छ जसले कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइललाई पोस मेसिन बनाउँछ।
  • यस सेवामार्फत साना तथा मझौला उद्यम र टुर्सिम उद्यमले मोबाइलमै डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी स्वीकार गर्न सक्नेछन्।
  • बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यो सेवा नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फ ठूलो पाइला भएको बताउनुभयो।

४ मंसिर, काठमाडौं । एनएमबी बैंकले नेपालमा पहिलो पटक सफ्टपोस सेवा सुरु गरेको छ ।

डिजिटल भुक्तानी प्रविधिमा यो एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।

‘यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यम लगायत अन्य व्यवसायीले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन्’ बैंकले विज्ञप्तिमा भनेको छ ‘यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सुविधा दिनेछ ।’

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवा लगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको यो ठूलो पाइला रहेको बताए ।

‘हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?