News Summary
Generated by OK AI. Editorially reviewed.- एनएमबी बैंकको ३० औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
- बैंकले २०८२ असार मसान्तसम्म २ अर्ब ८५ करोड खुद नाफा आर्जन गरेको र २ खर्ब ८३ अर्ब निक्षेप संकलन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
- एनएमबी बैंकले देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टर सञ्चालनमा राखेको छ।
२४ पुस, काठमाडौं । एनएमबी बैंकको वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न ३० औं वार्षिक साधारणसभाले घोषित लाभांश पारित गरेको छ ।
एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न साधारणसभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २ खर्ब ८३ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकका हाल देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4