+
+

एनएमबि बैंकको नाफा ६ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ११:२०

१७ कात्तिक, काठमाडौं । एनएमबि बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६ प्रतिशतले घटेको छ ।

बैंकले पहिलो त्रैमासमा ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सो अवधिमा ९० करोड ४१ लाख रुपैयाँ कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन तथा अन्य कमिसन शुल्क बढ्दा नाफामा टेवा पुगेको छ  ।

बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ८ प्रतिशत बढी हो ।

Premium mobile phone screen mockup template

बैंकको प्रतिसेयर आम्दानी  २० रुपैयाँ ९८ पैसा छ, यसअघि यस्तो आम्दानी १९ रुपैयाँ ६९ पैसा थियो । समीक्षा अवधिमा बैंकको निश्क्रिय कर्जा भने १.९ प्रतिशतबाट बढेर २.८४ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३९ प्रतिशत छ । बैंकको आधार दर १०.१५ बाट घटेर ९.८५ प्रतिशतमा झरेको छ ।

बैंकको मुख्य बिजनेस (कर्जा प्रवाह) सामान्य बढेर १ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा यस्तो कर्जा १ खर्ब ८९ अर्ब रुपैयाँ थियो । असोज मसान्तसम्म बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड रुपैयाँ बराबर सञ्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?