+
+

वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकद्वारा रक्तदान कार्यक्रम, १८७ लिटर रगत संकलन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १८:२७

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले सातवटै प्रदेशका शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । देशभर ४१६ रक्तदाताहरूबाट १८७ लिटर रगत संकलन भएको बै‌ंकले जनाएको छ ।

बैंकका अनुसार मोरङको तीनपैनी, सिरहाको लाहान, काठमाडौंको कान्तिपथ, कास्कीको पोखरास्थित न्यूरोड शाखा, रुपन्देहीको बुटवलस्थित मिलनचोक, सुर्खेतको विरेन्द्रचोक र धनगढीको चटकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?