+
+

फाटेको जिन्स : गरिबहरुको बाध्यता कसरी आधुनिक पुस्ताको फेसन बन्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १३:३९

भारतको उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले केही दिनअघि फाटेको जिन्सको बारेमा दिएको एक विवादित बयानपछि भारतीयहरुले ट्वीटरमा #rippedjeans रिप्ड जीन्स ट्रेन्ड सुरु गरे । तीरथ सिंहले ‘फाटेको जिन्स’ लगाउने महिलामाथि गरेको टिप्पणीले सामाजिक सञ्जालमा केटाहरुको समेत फाटेको जिन्सको फोटो ट्याग गर्न थाले ।

यसरी रिप्ड जिन्सलाई लिएर चर्चा सुरु भएको छ । यहाँ रिप्ड जिन्सको बारेमा चर्चा गरिएको छ ।

त्यसो त जिन्स पाइन्ट लगाउने चलन निकै पहिलेदेखि नै चल्दै आएको हो । आज सायदै युवा पुस्ता होलान् जसले जिन्सको प्रयोग नगरुन् । अहिले बजारमा एक मात्रै नभएर कयौं प्रकारको रिप्ड जिन्सको प्रयोग पाउन सकिन्छ ।

गाउँदेखि लिएर शहरसम्म जिन्स लगाउने चलन : ‘ब्लु जिन्स’

मानव इतिहासबारे शोध गर्नेवाला डेनियल मिलर र सोफी बुडवर्डले आफ्नो पुस्तक ‘ब्लु जिन्स’ को लागि विश्व भ्रमणमा निस्किए । भारत, ब्राजिल, टर्की, आदि देशमा उनीले आधाभन्दा धेरैले जिन्स लगाउने गरेको भेटे ।

जिन्सको इतिहास

रिप्ड जिन्सको बारेमा जान्नुभन्दा पहिले हामी साधारण जिन्सको इतिहास पढौं । यसैगरी रिप्ड जिन्सको सुरुवात भयो । जसको आविस्कार १८७० मा भएको थियो । त्यसपछि जिन्स लगाउने प्रचलन सुरु भयो । साथमा जिन्सको माग बढ्दै गयो । किनकि मानिसलाई जिन्स धेरै मन पर्ने र लामो समयसम्म चल्ने पनि भएकोले यो बढी लोकप्रिय थियो ।

जर्मन व्यवसायी लोएब स्ट्राड्स नामक व्यक्तिले यस डिजाइन गरेका थिए । जसले आफ्नो नाम बदलेर लेभी राखेका थिए । यसपछि त्यो डेनिम ब्राण्डको फाउण्डर पनि थिए ।

रिप्ड जिन्सको इतिहास

रिप्ड जीन्सलाई फेशनको रुपमा विकास गर्न लामो समय लागेको छ । करिब १०० वर्षपछि १९७० मा रिप्ड जीन्सको बजारमा चर्चा सुरु भयो । त्यतिबेला फाटेको जिन्स धनी मानिसहरुले लगाएका थिएनन् ।

केही विदेशी फेसन वेबसाइटहरुका अनुसार, १९७० भन्दा पहिले फाटेको जिन्स गरिबहरुले लगाउने कपडाको रुपमा थियो । जोसँग कम पैसा छ, उनीहरु रिप्ड वा होली जिन्स लगाउँथे । त्यस समयमा फाटेको जिन्स लगाउनुको अर्थ गरिबी थियो ।

फाटेको जिन्सको ट्रेन्ड

बिस्तारै रिप्ड जिन्स मानिसहरुमा लोकप्रिय हुँदै गयो । मानिसहरु आफैंले घुँडा वा अन्य कुनै ठाउँमा काटेर÷फाटेर जिन्स लगाउन थाले । यी जिन्स देख्दा राम्रो लाग्न थाल्यो । तर त्यस अवधिमा पनि रिप्ड जिन्सको धेरै विरोध भएको थियो र मानिसहरुले सर्वत्र त्यसको मजाक उडाउन थाले । २१ औं शताब्दीसम्म आइपुग्दा यो प्रवृत्ति बदलियो । फाटेको जिन्सको मूल्यले आकाश छुन थाल्यो ।

रिप्ड जिन्सलाई चर्चित बनाउने डिजाइनर

२०१०भन्दा पहिलेसम्म रिप्ड जिन्सको मार्केट डाउन भइरहेको थियो । यसका अलावा डिजिटल वा बालमेन जस्तो फेसन डिजाइनर्सले यसको चर्चामा ठूलो भूमिका खेलेका छन् । यसपछि उनीहरुले आफ्नो स्टोरमा फाटेको जिन्स बेच्न सुरु गरे । २०११ मा उनीहरुले डेढलाख रुपैयाँको जिन्स बेचे । यसरी २०१०पछि एकपटक फेरि रिप्ड जिन्सको बजार सुरु भयो ।

हलिउड सेलिब्रेटीले दिए पहिचान

रिपोर्टमा यो पनि भनिएको छ कि हलिउड सेलिब्रेटीहरुले जिन्सको लोकप्रियताको लागि ठूलो योगदान गरेका छन् । हलिउड एक्ट्रेसले रिप्ड जिन्स लगाउन सुरु गरे । त्यसपछि आम महिलाहरुले समेत जिन्स लगाउन सुरु गरे । अहिले यो नेपालमा समेत चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?