
१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र शनिबार अपरान्ह ५ बजेसम्मका लागि स्थगित भएको छ ।
शनिबार बन्दसत्रमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म अध्यक्ष मण्डललाई समय दिने बताएका छन् ।
उनले ५ बजेसम्म सहमति नभए निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउने बताएका एक नेताले जानकारी दिए । ‘अब आयोजक समितिलाई ५ बजेसम्म सहमति निर्माणका लागि समय दिनुपर्यो । सहमति भयो भने ठीक छ, सहमति भएन भने निर्वाचनतिर जानुपर्यो भने निर्वाचन समिति आफ्नो विधि विधानअनुसार अगाडि बढ्छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने ।
यसअघि शनिबार बसेको बन्दसत्रले विधान परिमार्जनसहित पारित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4