+
+

आफूलाई अनुसन्धानको इन्सपेक्टर भनेर चिनाउने व्यक्ति लागुऔषधसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १०:२५

१८ पुस, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका-१० को दोदापुलबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । उनीहरू सवार से३प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

विष्टका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसया बजारबाट लागुऔषध खरिद गरेर ल्याएको बुझिएको छ ।उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?