+
+

कृषिमन्त्रीले भने : भ्रष्टाचार मुद्दाले मल आयातमा अन्योल

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले कृषि सामाग्री कम्पनीका उच्च अधिकारीलाई अख्तिायारले मुद्धा दायर गरेपछि १३ अर्बको रासायनिक मलको नयाँ ठेक्कामा अन्यौल सृजना भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १९:०३

१९ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले कृषि सामाग्री कम्पनीका उच्च अधिकारीलाई अख्तिायारले मुद्धा दायर गरेपछि १३ अर्बको रासायनिक मलको नयाँ ठेक्कामा अन्यौल सृजना भएको बताएका छन् ।

आगामी वर्षको चैतको धान, जेठको मकै र असारे धानका लागि चाहिने एक लाख मेट्रिकटन मलको टेण्डर गर्ने बेलामा कम्पनीका उच्च अधिकारी बहिन भएको मन्त्री यादवले बताए । ‘अहिले टेण्डर नगरे सीजनमा मल आउन सक्ने अवस्था छैन, टेण्डर गर्न कम्पनीका अधिकारी निलम्बनमा परे केही अन्यौल सृजना भएको छ,’ मन्त्री यादवले भने ।

अख्तियारले उच्च अधिकारीलाई कारबाही गरेपछि कम्पनीमा सन्नाटा छाएको पनि उनले बताए । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित खरिद महाशाखाका सबै उच्च अधिकारी बिरुद्ध एक अर्ब बढी भ्रष्टाचारको मुद्धा दायार गरेको थियो ।

रासायनिक मल किन्नका लागि १३ अर्ब रुपैयाँ अझै मन्त्रालयसं रहेको र त्यसबाट एक लाख मेट्रिकटनबढी मल खरिद गर्न सकिने पनि पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?