+
+

फागुन १३ बाट पनि सर्‍यो ‘प्रेमगीत ३’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते ११:४६

२० पुस, काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को रिलिज मिति पोस्टपोन्ड गरिएको छ । निर्माणपक्षले फागुन १३ गतेलाई प्रदर्शन मिति तय गरेको थियो ।

यो वर्षकै सर्वाधिक प्रतीक्षा गरिएको सन्तोष सेन र छेतन गुरुङ निर्देशित चलचित्र ओमिक्रोनका कारण पछि सारिएको हो ।

हिन्दी भाषामा समेत डबिङ गरिएको यो चलचित्रलाई नेपालसँगै भारत र विश्वभर एकसाथ रिलिज गर्ने तयारी निर्माणपक्षको थियो । कोरोनाका कारण भारतमा सिनेमा हलहरु बन्द हुन थालेपछि भारतीय बजारका वितरकहरुको सल्लाह अनुसार चलचित्रलाई पोष्टपोन्ड गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।

चलचित्रको मिति अनिश्चितकालका लागि पछि सारिएको उल्लेख गर्दै सन्तोषले आफूहरु नआत्तिएको पनि बताएका छन् ।

शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का र कृष्टिना गुरुङ अभिनित यो चलचित्रको प्रदर्शन मिति यसअघि २०७६ साल चैत २८ गतेलाई तोकिएको थियो । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि यो चलचित्र रिलिज हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?