+
+

दम्पती नै केन्द्रीय सदस्यबारे रेखा शर्मा भन्छिन्- पछि हट्नुपर्ने भए सोचौं

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १८:५३

२० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले दम्पत्तिलाई नै पार्टीको केन्द्रीय सदस्य बनाइएको भनेर विरोध जनाउनुभन्दा यसबारे सकारात्मक ढंगले समीक्षा गर्नुपर्ने बताएकी छन् ।

यदि जिम्मेवारीबाट पछि हट्दा राम्रो हुन्छ भने पनि विना हिचकिचाहट त्यसबारे सोच्नुपर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा र उनका पति कृष्णध्वज खड्का जस्तै १० जना भन्दा बढी दम्पत्ति नेता केन्द्रीय सदस्य बनेका छन् । यसलाई कतिपयले आलोचनाको विषय बनाएका छन् ।

यसबारे आफ्ना धारणा सार्वजनिक गर्दै शर्माले आन्दोलनबाट बनेका जोडीहरूले अब आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो विषय सम्बन्धित व्यक्तिहरूको मात्रै निजी विषय पक्कै होइन बरू समग्र राजनीतिक आन्दोलन र महिला आन्दोलनको विषय बनाएर समीक्षा गरौं । गर्नुपर्ने के हुन्छ ? के गर्दा आन्दोलनको हित हुन्छ ? छलफल सकारात्मक ढंगबाट गरौं । जिम्मेवारीबाट हट्दा यदि राम्रो हुन्छ भने बिना हिचकिचाहट त्यो पनि सोचौं ।’

हेर्नुहोस् रेखा शर्माको स्टाटस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?