+
+

धादिङको मलेखुमा सानिमा बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १५:२४

काठमाडौं । सानिमा बैंक लिमिटेडले धादिङको मलेखुमा आफ्नो शाखा विस्तार गरेको छ ।

शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली, ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक पराजुलीले बैंकलाई सहयोग पुर्‍याउन ग्राहक तथा सरोकारवालाहरुलाई धन्यवाद दिएका थिए ।

देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?