+
+

वसन्त चौधरीका दुई पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १८:०६

२० पुस, काठमाडौं । कवि एवं गीतकार वसन्त चौधरीको एकैसाथ दुई काव्य-पुस्तक सार्वजनिक भएको छ । नेपाली कवितासंग्रह ‘तिमीविनाको म’ तथा हिन्दीको ‘अनेक पल और मैं’ मंगलबार राजधानीमा लोकार्पण गरिएको हो ।

वरिष्ठ कवि तुलसी दिवस, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कथाकार भुवन ढुंगाना र डा. करुणाशंकर उपाध्यायले चौधरीका पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली कविता हिन्दी भाषासम्म स्थापित हुने बाटोमा रहेकोमा खुशी व्यक्त गरे । ‘नेपाली भाषाका कविता हिन्दीका पाठकसम्म पुग्ने बाटो बलियो बन्दै गएको छ,’ उनले भने, ‘वसन्त चौधरीले बहुल भाषामा साहित्य सृजना गरेर भाषान्तरको मार्ग खुल्ला गर्नुभएको छ । नेपालको नाम उँचो राख्नुभएको छ ।’

वरिष्ठ कवि तुलसी दिवसले भने वसन्त चौधरी सहृदयी कवि भएको उल्लेख गरे । दिवसले भने, ‘कविताको विविधता र शैलीगत भिन्नता हुँदाहुँदै पनि कविहरूबीच समानता हुन्छ । चौधरी मूलतः हृदयका कवि भएकाले स्थापित कविहरूका गुणसँग उनको निकटता देखिन्छ ।’

वरिष्ठ कवि तुलसी दिवस

यस्तै मुम्बई विश्वविद्यालयका हिन्दी विभाग अध्यक्ष प्रा. डा. करुणाशंकर उपाध्यायले वसन्त कविता र गीत मानव–मन र प्रकृतिको गहिरो आत्मबोधबाट सिर्जित भएको टिप्पणी गरे । उनका अनुसार चौधरीले बहुल भाषामा काव्य सृजना गरेर अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने बाटो तय गरेका छन् ।

समारोहमा कवि वसन्त चौधरीले आफ्नो स्वास्थ्यलाभको कामना र्ने सबैप्रति आभार व्यक्त गर्दै संग्रहबाट दुई कविता वाचन गरे ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?