+
+

शुक्रबारबाट ओटीटीमा आउँदैछन् ‘पुष्पा’देखि ‘द टेण्डर बार’सम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १४:११

२२ पुस, काठमाडौं । हालै रिलिज भएका केही चलचित्रहरु बक्स अफिसमा सुपरहिट सावित भइसकेका छन् । हलिउड चलचित्र स्पाइडर म्यानः नो वे होम, बलिउड चलचित्र ‘सूर्यवंशी’, साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा राम्रो कमाइ गरे । यो बीचमा रिलिज भएका अन्य केही चलचित्रले पनि औसत कारोबार गर्न सफल भए ।

तर, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतका विभिन्न राज्य र शहरमा निषेधाज्ञा जारी गरिएपछि केही चलचित्रको प्रदर्शन मिति पछाडि सारिएको छ । शाहिद कपूरको ‘जर्सी’, एसएस राजमौली निर्देशित ‘आरआरआर’, साउथ सुपरस्टार प्रभासको ‘राधे श्याम’लगायत चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि पोस्टपोन्ड गरिएको छ ।

ठूलो पर्दामा चलचित्र हेर्न दर्शकहरुले फेरि केही समय पर्खिनुुपर्ने अवस्था सिर्जना भएपनि ओटीटी दर्शकहरुका लागि भने यो हप्ता मनोरञ्जनपूर्ण हुनेछ ।

अहिले बक्स अफिसमा धमाकेदार व्यापार गरिरहेको साउथ इण्डियन चलचित्र ‘पुष्पा’देखि हलिउड चलचित्र ‘द टेण्डर वार’सम्म शुक्रबारदेखि ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछन् ।

पुष्पाः द राइज : अमेजन प्राइम भिडियो

रिलिज मिति : ७ जनवरी

साउथ सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनित एक थ्रिलर तेलुगू चलचित्र हो, ‘पुष्पाःद राइज’। सुुकुमारले निर्देशन गरेको यो चलचित्रमा एक साधारण मजदूरी गर्ने युवक कसरी रक्त चन्दन तस्करीको नाइके बन्छ भन्ने कथा उठान गरिएको छ ।

डिसेम्बर १७ देखि सिनेमा हलहरुमा प्रदर्शन भइरहेको यो चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । हालसम्म ३०० करोड भारुमाथिको कमाइ गरिसकेको ‘पुष्पा’ शुक्रबारदेखि ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुँदैछ ।

लक्ष्य : अमेजन प्राइम भिडियो

रिलिज मिति : ७ जनवरी

तेलुगू चलचित्र ‘लक्ष्य’मा नागा शौर्य र केतिका शर्माको मुख्य भूमिका छ । सन्तोष जगरलागुडीले निर्देशन गरेको यो स्पोर्ट्स ड्रामा चलचित्र हो । यसमा एक होनहार खेलाडीलाई कसरी मदिरा र नशालु औषधिको जालमा फँसाइन्छ भन्ने कथा समेटिएको छ । यसका बाबजुद पनि ऊ कसरी विश्व च्याम्पियन बन्ने सामथ्र्य राख्छ भन्ने विषयलाई उठाइएको छ ।

सिनेमा हलमा प्रदर्शन भइसकेको यो चलचित्र पनि शुक्रबारदेखि अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।

अनबरीवु : डिज्ने प्लस हटस्टार

रिलिज मिति : ७ जनवरी

तमिल एक्सन ड्रामा ‘अनबरीवु’मा तमिजा आधी, कश्मीरा परदेशी, नेपोलियन, साई कुमार र आशा शरथको मुख्य भूमिका छ । जुम्ल्याहा दाजुभाइको पारिवारिक कथा समेटिएको यो चलचित्र शुक्रबारबाट डिज्ने प्लस हटस्टारमा स्ट्रिमिङ हुँदैछ ।

द टेण्डर बार : अमेजन प्राइम भिडियो

रिलिज  मिति : ७ जनवरी

जर्ज क्लुनीको निर्देशनमा बनेको अमेरिकी ड्रामा चलचित्र ‘द टेण्डर वार’ पनि शुक्रबारबाटै अमेजन प्राइम भिडियोमा सार्वजनिक हुँदैछ । यो चलचित्रमा एक युवतीको कथा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?