+
+

टाटाले बेच्यो डिसेम्बरमा मात्रै ३५ हजार ३ सय गाडी 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १८:३४

काठमाडौं । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी गाडी बिक्री गर्नेमध्ये दोस्रो कम्पनी बनेको छ । यसअघि हुन्डाई दोस्रो स्थानमा थियो । २०२१ को डिसेम्बरसम्मको तथ्यांकअनुसार हुन्डाईलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा उक्लिएको हो ।

टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ। तथ्यांकअनुसार टाटा मोटर्सले डिसेम्बरमा मात्रै ३५ हजार ३ सय गाडी बिक्री गरेको छ। त्यस्तै दक्षिण कोरियाली कार उत्पादन कम्पनी हुन्डाईले भने डिसेम्मबरमा जम्मा ३२ हजार ३१२ वटा गाडी बिक्री गरेको छ।

‘टाटा मोटर्सले दशक कै उच्च त्रैमासिक र मासिक बिक्री रेकर्ड बनाएको छ। गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठूलो परिवर्तन देखिएको छ,’ अध्यक्ष सैलेस चन्द्रले भने, ‘कम्पनीले सन् २०२१ मा कूल ३ लाख ३१ हजार १७८ वटा गाडी बिक्री गरेको छ। यो अहिलेसम्मकै उच्च बिक्री तथ्यांक हो।’

टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ । कम्पनीले २०२१ अन्तिमसम्ममा मात्रै कूल २२ हजार ५५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?