+
+

केएमसी शुल्क विवाद वार्ता निश्कर्षविहीन, बढी शुल्क नलिएको कलेजको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १६:१७
केएमसीले एमबीबीएस अध्ययनमा बढी शुल्क माग गरेको विरोधमा आन्दोलनरत विद्यार्थी ।

२३ पुस, काठमाडौं । २३ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले शुल्क घटनाउन नसकिने अडान लिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भएको वार्ता निश्कर्षविहीन भएको छ ।

केएमसीले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विषयमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी र कलेजका प्रतिनिधिबीच छलफल भएको थियो । तर छलफलका क्रममा कलेजका प्रिन्सिपल रवीन्द्रनाथ शर्माले आफूहरुले बढी शुल्क नलिएको जिकिर गर्दै शुल्क घटना अस्वीकार गरेका थिए ।

चिकित्सा शिक्षा आयोगले तोकेको शिक्षण शुल्क भन्दा बढी शुल्क माग गरेको भन्दै केएमसीमा एमबीबीएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । बिहीबार अनुगमनमा गएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुल्क विवाद वार्तामार्फत समाधान गर्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गरेका थिए ।

त्यसपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी शर्मा र कलेजका प्रतिनिधिबीच छलफल भएको हो । छलफलका क्रममा कलेजका प्रतिनिधिले चिकित्सा शिक्षा ऐन को दफा (२) (थ) अनुसार नै शुल्क लिएको दावी गरेका थिए । उनीहरुले आफूहरुले लिएको होस्टल लगायतका शुल्क शिक्षण शुल्कमा नपर्ने दावी गरेका थिए । कलेजका प्रतिनिधिले शुल्कको विषयमा उत्पन्न विवाद शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगसँग छलफलबाट मात्र समाधान हुने बताएका प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

छलफलमा प्रमुख जिल्ला अधिकारी शर्माले तत्काल समस्या समाधान गरी सहज रुपले कक्षा सञ्चालन गर्न निर्देशन दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?