+
+
ए डिभिजन लिग :

लिग लिडर मछिन्द्र र अन्तिम स्थानको फ्रेण्ड्स खेल्दै

आज ३ खेल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते ८:४७
लिगको शीर्ष स्थानमा रहेको मछिन्द्रको टिम

२४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार लिगको शीर्ष स्थानको मछिन्द्र फुटबल क्लब र अन्तिम स्थानको फ्रेण्ड्स भिड्दा दुवैको आ-आफ्नै लक्ष्य हुनेछ ।

सातौं चरणपछि शीर्ष स्थानमा रहँदै एएफसी कपमा छनोट भइसकेको साविक विजेता मछिन्द्रको ध्यान अब उपाधि रक्षा गर्नेमा केन्द्रित हुनेछ । उता जारी लिगमा अहिलेसम्म एउटै खेल नजितेको फ्रेण्ड्स भने कसरी रेलिगेसनबाट बच्चे भन्ने धुनमा छ ।

सात खेलसम्म अपराजित मछिन्द्र १७ अंक जोडेर शीर्ष स्थानमा छ । अर्कोतर्फ फ्रेण्ड्स जम्मा तीन अंकसहित १४ क्लब सहभागी लिगको पुछारमा छ । सातमध्ये तीन खेल बराबरी खेलेको फ्रेण्ड्स पहिलो जितकै खोजीमा छ ।

यस पटक दुई क्लब रेलिगेसनमा पर्ने भएकोले पनि फ्रेण्ड्ससामु अझै दबाब छ ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले उपाधि रक्षा गर्न बाँकी सबै खेल जित्नुपर्ने बताएका छन् । उनले अबका बाँकी खेलमा अपराजित रहने योजना रहेको प्रि म्यान कन्फ्रेन्समा बताएका थिए ।

उनले तालिकामा फ्रेण्ड्स कमजोर देखिए पनि आफूले त्यस्तो नसोच्ने बताउँदै पुछारमा रहेका टोलीले शतप्रतिशत दिएर खेल्ने हुँदा त्यसै अनुसार योजना बनाएको बताएका छन् ।

मछिन्द्र र फ्रेण्ड्सबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

यस्तै मछिन्द्रलाई पछ्याइरहेको मनाङ मर्स्याङ्दीले घरेलु मैदान पोखरामा आज तेस्रो खेल खेल्दैछ र त्यो च्यासल युथ क्लबविरुद्ध हुनेछ । यसअघि भएका दुई खेलमा मनाङले पुलिस र ब्रिगेडलाई पराजित गरेको थियो । त्यसबीचमा मनाङ मछिन्द्रसँग नै पराजित भएपछि अंकतालिकामा एक अंकले पछि छ । मनाङ १६ अंकसहित दोस्रो स्थानमा छ ।

आजको खेल जित्दै मनाङ पनि उपाधि होडमा रहिरहन चाहन्छ । च्यासल रेलिगेसन जोनमा रहेको अर्को क्लब हो । सात खेलबाट पाँच अंक रहेको च्यासल १३औं स्थानमा छ ।

रेलिगेसन जोनबाट माथि उठ्न पनि च्यासललाई यो खेल महत्वपूर्ण छ । मनाङ र च्यासलको खेल पोखरा रंगशालमा दिउँसो २ बजे सुरु हुनेछ ।

यसैतगरी दशरथ रंगशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी एफसी र एनआरटी भिड्नेछ  ।यो खेल पौने पाँच बजे सुरु हुनेछ ।

यस ससिजन उपाधि जित्ने लक्ष्यसहित लिग सुरावत गरे पनि खेलाडीको र चोट र सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि आर्मी ११ अंक जोडेर चौथो स्थानमा छ । आर्मीको अबको लक्ष्य शीर्ष तीनमा पर्नु रहेको छ । एनआरटी १० अंक जोडेर सातौं स्थानमा छ ।

बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा आर्मीका सहायक प्रशिक्षक राजु तामाङ र एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले तीन अंककै लागि खेल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?