+
+

एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते ९:१७

२४ पुस, बुटवल । नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्ऽराज घिमिरे सर्वसम्मत चयन भएका छन् । नवौं जिल्ला अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

जिल्ला अध्यक्षका लागि पाल्पाका वर्तमान अध्यक्ष नारायण आचार्य, पूर्वजिल्ला अध्यक्ष देवीप्रसाद बस्याल, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे, जिल्ला उपाध्यक्ष मोहन थापा मगर र जिल्ला सचिव ओमबहादुर घर्ती मगर आकांक्षी थिए ।

उनीहरुबीच सहमति नजुटेपछि केन्द्रीय लेखा आयोगका पूर्वसदस्य रहेका पुराना नेता घिमिरेलाई अध्यक्ष बनाइएको एमालेका एक नेताले बताए ।

जिल्ला कमिटीको उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएका छन् । जिल्ला अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटीसमेत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?