+
+

वीरगञ्जमा निर्माणाधीन घरमा बालिकाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १२:०९

२४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ नगवामा एक बालिकाको शव भेटिएको छ ।

वीरगञ्ज-१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?