+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

कुनै पार्टीले सहकार्यको प्रस्ताव गरे तयार छौं :  गोविन्दराज जोशी

‘चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ’, शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।’

रासस रासस
२०७८ पुष २४ गते १३:०२

२४ पुस, तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेसले कारबाही गरेपछि उनी हाल पार्टीबाट अलग छन् ।

‘चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ’, शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।’ कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आआफ्नो तरिकाले चुनाव लड्न सकिने नेता जोशीले बताए ।

तनहुँ क्षेत्र नं १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको साथ आफूलाई मिलेको उल्लेख गर्दै जोशीले त्यसक्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आइदिन आग्रह गरेको बताए । माघ मसान्तसम्म पालिकास्तरीय भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उनले बताए ।

कांग्रेसको सङ्गठन विस्तारमा आफ्नो धेरै लगानी भएको र विसं २०१७ मा नेपाली कांग्रेस तनहुँको आफूले नै स्थापना गरेको उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?