
२४ पुस, काठमाडौं । आत्मघाती गाेलकाे सहयाेगमा लिग लिडर मछिन्द्र फुटबल क्लबले शहीद स्मारक लिगमा शनिबार पुछारकाे फेण्ड्स क्लबलाई १-० ले पराजित गरेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका राेनेल एन्थाेनी पउलले दाेस्राे हाफमा आतमघाती गाेल उपहार दिँदा मछिन्द्र ३ अंक जाेड्न सफल भयाे । खेलमा मछिन्द्रले गाेलका लागि अवसर बनाएपनि फिनिसिङ गर्न सकेन ।
पहिलाे हाफमा मछिन्द्रले बलमा एकपक्षीय पकड बनाएपनि गाेल गर्न सकेन । मछिन्द्रका फरवार्डलाई फ्रेण्ड्सका डिफेण्डरले व्यस्त राखे । ४५ औं मिनेटमा मछिन्द्रका अभिषेक रिजालले गरेकाे प्रहार फ्रेण्ड्सका गाेलकिपर राहुल रामचन्द्र यादवले उत्कृष्ट बचनउ गरे ।
लगत्तै इन्जुरी टाइममा फ्रेण्ड्सका कप्तान प्रिजेन तामाङले बललाई पाेष्टकाे दिशा दिन सकेनन् । दाेसाे हाफकाे सुरुमै फ्रेण्ड्सले मछिन्द्रमाथि दबाब बनाउयाे । ५३ औं मिनेटमा फ्रेण्ड्सका जमाउल एन्थाेनी पउलले गाेलकिपर मात्र हुँदा प्रहार गरेकाे बल सिधै विशाल श्रेष्ठकाे हातमा पुग्याे ।
६७ औं मिनेटमा फ्रेण्ड्सका राेनेल एन्थाेनी पउलले आत्मघाती गाेल गरेपछि मछिन्द्रले अग्रता लियाे । मछिन्द्रका कप्तान सुजल श्रेष्ठकाे प्रहार पेनाल्टी बक्समा फ्रेण्ड्सका आकाश राईले पूर्ण रुपमा क्लियर गर्न सकेनन् । त्यसैमा राेनेलले गरेकाे हेड आफ्नै पाेष्टमा गाेल भयाे ।
७० औं मिनेटमा मछिन्द्रले अग्रता दाेब्बर पार्ने अवसर गुमायाे । मनिष डाँगीकाे क्रसमा सुनिल बलकाे प्रहार पाेष्ट भन्दा बाहिर गयाे । जारी लिगमा छैटाैँ जितपछि लिग लिडर मछिन्द्रले ८ खेलबाट २० अंक जाेडेकाे छ ।
दाेस्राे स्थानकाे मनाङकाे १६ अंक छ । मनाङले शनिबार नै आफ्नो होम ग्राउन्ड पाेखरामा च्यासल क्लबसँग खेलिरहेकाे छ । पहिलाे हाफमा दुई गाेलकाे अग्रता बनाएकाे मनाङलाई मछिन्द्रसंग अंक दूरी कम गर्ने अवसर छ ।
यस लिगमा जितविहीन रहेकाे फ्रेण्ड्सकाे याे पााँचाैं हार हाे । ८ खेलबाट ३ अंक मात्र रहेकाे फ्रेण्ड्स रेलिगेसन जाेनमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4