+
+

सभापति यसैगरी अघि बढे पार्टी दुर्घटनामा पर्छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १७:१५

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफुखुशी गर्न खोजे पार्टीले आगामी चुनावमा हार व्यहोर्ने बताएका छन् ।

सुनसरीको इनरुवामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले सभापतिले पार्टीको विधानलाई आफुखुशी प्रयोग गरेर केन्द्रीय सदस्य मनोनित गरेको आरोप लगाए ।

‘जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनुपर्‍यो, देखिने गरी हुनुपर्‍यो, न्यायसंगत हुनुपर्‍यो’ उनले भने, ‘उहाँले विधानलाई टेकेर हिँड्नुभएको छ तर जसरी नियुक्तिहरु गर्नुभएको छ, कार्यसमितिमा ल्याउनुभएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चाहिँ हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै ।’

सभापति देउवा आफुखुशी अघि बढे पार्टी दुर्घटनामा जाने भन्दै कोइरालाले भने, ‘दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ?’

कोइरालाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे फैलिएको भ्रम चिर्न संसदमा छलफल गर्नुपर्ने बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद सञ्चालन गर्न कांग्रेस र एमाले दुवै लाग्नुपर्ने पनि बताए ।

न्यायपालिकाको समस्या समाधानका लागि दबाव दिन जरुरी रहेको बताएका कोइरालाले प्रधानन्यायाधीशले स्वयं निकास दिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?