+
+

आफ्ना चर्चित गीतहरुको ‘अनप्लग्ड भर्सन’ ल्याउँदै जगदीश समाल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १३:१९
गायक जगदीश समाल

२६ पुस, काठमाडौं । गायक जगदीश समालले आफ्ना केही गीतहरुको अनप्लग्ड भर्सनको भिडियो सार्वजनिक गर्ने भएका छन् । उनले आफ्नो आधिकारिक युट्युब च्यानलबाट एउटा नयाँ र तीनवटा पुराना लोकप्रिय गीतहरु समेटेर अनप्लग्ड भिडियो ल्याउन लागेका हुन् ।

अनप्लग्ड भर्सनमा जगदीशको स्वरमा करिब दुई दशकअघि रेकर्ड गरिएको ‘यति ठूलो संसारमा’ बोलको गीत सार्वजनिक भइसकेको छ । नयाँ अनप्लग्ड भर्सनमा समावेश गरिने गीतहरु भने खुलाइएको छैन ।

हाल अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित ह्यारिवर्गमा बस्दै आएका जगदीश विशेषगरी नेपाली सुगम संगीतमा प्रतिभाशाली गायक हुन् । उनका आधार उमेर, छालहरु हो छालहरु, मत मर्छु क्यारे, तपोवन, आओ यादहरु, नबिर्सें तिमीलाई लगायतका गीत चर्चित छन् ।

उनका गीतहरुको अनप्लग्ड भिडियोको निर्देशन केदार उप्रेतीले गरेका छन् । यसैगरी छायांकन तथा सम्पादन सुरेन्द्रमान सिंहले गरेका छन् । चारवटा गीतको अनप्लग्ड भर्सन चाँडै आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने जगदीशले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?