+
+

धरानमा अस्मिता र रचनाको सांगीतिक धमाका

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १३:५१
सांगीतिक प्रस्तुति दिँदै गायिकाद्वय अस्मिता अधिकारी र रचना रिमाल

२६ पुस, काठमाडौं । कोरोना महामारीका कारण सुस्ताएको धरानको सांगीतिक माहोललाई ‘मनोरञ्जन धमाका २०२२’ले तरंगित बनाएको छ । शनिबार बेलुका भएको कार्यक्रममा हालका चर्चित गायिका अस्मिता अधिकारी र रचना रिमालले आफ्नो धमाकेदार प्रस्तुति दिए । उनीहरुलाई गायक एकदेव लिम्बूले पनि साथ दिएका थिए ।

पहिलो पटक धरानको स्टेजमा एकसाथ उत्रिएका अस्मिता र रचनाले चिसो मौसमको पर्वाह नगरी कार्यक्रममा उपस्थित भएका दर्शकलाई राति साढे १० बजेसम्म आफ्नो प्रस्तुतिले झुमाए ।

रचनाले गीत गाउन शुरु गरेपछि दर्शकको अत्याधिक भीडलाई थेग्न नसकेर आयोजकले गेट नै खोल्न बाध्य हुनुपरेको थियो । रचनाले ‘फोटो  फिरिममा, सम्झिने पानी छम्किने, उनको प्रीति’ लगायत आफ्ना चर्चित आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् ।

यस्तै अस्मिताले टाढा भएपनि, तिम्रो मायाले बाँधेर राख, साली मन पर्‍यो, लज्जावती झार झैं’ लगायतका लोकप्रिय गीत गाएकी थिइन् । गायक एकदेव लिम्बूले आँखामा आउने सपनी, क्या राम्री, तिम्रो मुटुमा, मेरी सानु, शिरफूल सेवारो जस्ता गीत गाए ।

सांगीतिक प्रस्तुति दिँदै गायक एकदेव लिम्बू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?