+
+

भारतको सर्वोच्च अदालतले मोदीको सुरक्षामा भएको लापरबाहीबारे छानबिन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १४:३०

२६ पुस, काठमाडौं । भारतको सर्वोच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको लापरबाहीबारे पूर्वन्यायाधीशको नेतृत्वमा गठित समितिले छानबिन गर्ने बताएको छ ।

भारतको सर्वोच्च अदालतले पञ्जाबको फिरोजपुरमा भएको भ्रमणका क्रममा मोदीको सुरक्षामा देखिएको त्रुटिपूर्ण लापरबाहीबारे पूर्वन्यायाधीशको नेतृत्वमा रहेको एक समितिले छानबिन गर्ने बताएको हो ।

छानबिन समितिमा चन्डीगढ प्रहरीका महानिर्देशक, राष्ट्रिय अनुसन्धान एजेन्सीका महानिरीक्षक र जनरल इन्टेलिजेन्स ब्यूरोका प्रमुख रजिष्ट्रार एवं अतिरिक्त महानिर्देशक सदस्यको रुपमा रहने भारतीय समाचार माध्यमले जनाएका छन् ।

गत बुधबार सडक मार्ग हुँदै पञ्जाबको भ्रमण गर्ने क्रममा मोदीसहितको सवारी लस्कर १५ मिनेटसम्म फ्लाइओभरमा अड्किएको थियो । पञ्जाबको हुसेनीवालस्थित एक स्मारक जाने क्रममा किसानले गरेको प्रदर्शनका कारण मोदी चढेको गाडी १५ मिनेटसम्म फ्लाइओभरमा रोकिएको थियो ।

पञ्जाबमा यही फेब्रअरी १४ गते एकै चरणमा विधानसभा चुनाव हुँदैछ । तर विधानसभा चुनावपूर्व मोदीको सुरक्षामा भएको लापरबाहीपछि भारतमा हंगामा मच्चिएको छ । त्यहाँको गृह मन्त्रालयले मोदी १५ मिनेटसम्म फ्लाइओभरमा रोकिएको घटनाबारे राज्य सरकारसँग रिपोर्ट मागेको थियो। पञ्जाब सरकारले समेत यससम्बन्धमा उच्च स्तरीय समिति गठन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?