+
+

शेयर बजारमा सकारात्मक संकेत, यी हुन् धेरै कमाउने १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १६:५१

२६ पुस, काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार सकारात्मक दिशामा देखिएको छ । तर आइतबारको जस्तो उच्च अंकले भने वृद्धि हुन सकेन । दिनभर तीब्र उचारचढाव देखिएको बजार मध्यान्हतिर २८ सय अंक माथि पुगेको थियो । २८ सय माथि पुगेर फर्किएको नेप्से परिसूचक कारोबार बन्द हुँदा १९ अंकले बढेर २७ सय ८४ अंकमा पुगेर बन्द भएको छ ।

आइतबार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेपनि सोमबार भने बढ्ने र घट्ने कम्पनीहरु लगभग बराबरी जस्तै छन् । कारोबार रकम भने ७ अर्ब १२ करोड नाघेको छ । सोमबार धेरै शेयर मूल्य बढ्नेमा हाइड्रोपावर कम्पनीहरु अग्रपंक्तिमा देखिएका छन् ।

धेरै शेयर मूल्य बढ्नेमा मध्य भोटेकोशी जलविद्युत् आयोजना देखिएको छ । यसको शेयर मूल्य १० प्रतिशतले बढेर २८५ रुपैयाँमा पुगेको छ । यसैगरी युनियन हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर २८५ रुपैयाँ ३० पैसा, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ ।

यसैगरी खानीखोला हाइड्रोपावरको ८ प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनीको ८ प्रतिशतले बढेर ४९८ रुपैयाँ, गोर्खाज फाइनान्सको ७ प्रतिशतले बढेर ८२९ रुपैयाँ, रुरु जलविद्युत्को करिब ७ प्रतिशतले बढेर १०४० रुपैयाँ, नेशनल लाइफको पनि करिब ७ प्रतिशतले बढेर १०८० रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.५८ प्रतिशतले बढेर ३४० रुपैयाँ पुगेको छ भने एनएमबी म्युचअल फण्डको शेयर ६ प्रतिशतले बढेर १२ रुपैयाँ ९७ पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?