+
+
Shares

काठमाडौं र ललितपुरका बालबालिकालाई भोलिदेखि कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १७:२०
भक्तपुरको एक स्थानीय तहमा खोप लगाउँदै एक बालिका/फाइल तस्वीर ।

२६ पुुुस, काठमाडौं । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार)देखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार बालबालिकाहरुले  विद्यालयमै गएर फाइजर खोप लगाउन सक्नेछन् ।

जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार काठमाडौं जिल्लाका करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ ।

विद्यालयबाट प्राप्त संख्याभन्दा १० प्रतिशत बालबालिका थप हुने अपेक्षा स्वास्थ्य कार्यालयले गरेको छ । उनले भने, ‘यो संख्या हामीलाई विद्यालयले पठाएको विवरण अनुसारको हो । विद्यालय बाहिर अर्थात विभिन्न गुम्बा, विद्यापिठहरुका तथ्यांक नभएकोले १० प्रतिशत बालबालिका थप हुन्छ भन्ने अनुमान हामीले गरेका छौं ।’

तीन लाख बालबालिकालाई पुग्ने खोप लगायतका आवश्यक सामग्री खोप केन्द्रहरुमा पठाउने उनले बताए । खोप केन्द्र तोक्नको लागि भने कार्यलयले स्थानीय तहलाई नै जिम्मेवारी दिएको उनको भनाइ छ ।

ललितपुरले पनि मंगलबारदेखि ६ वटै स्थानीय तहका बालबालिकालाई फाइजर खोप दिने भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार ७१ हजार ३०१ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ ।

उनले भने, ‘२ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र रहने छ । तर सोभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकैको अर्को खोप केन्द्र रहेको विद्यालयमा गएर खोप लगाउन सक्ने छ ।’

भक्तपुर जिल्लाका केही स्थानीय तहले भने आइतबारदेखि नै बालबालिकालाई खोप लगाउन शुरु गरिसकेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?