+
+

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थप्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १७:३५

२६ पुस, काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

विभिन्न अस्पतालमा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि थप गर्ने तयारीमा मन्त्रालय लागेको हो ।

मन्त्रालय स्रोतका अनुसार चैत्र मसान्तसम्मका लागि स्वास्थ्य जनशक्तिको करार अवधि थप गर्न लागिएको हो ।

नयाँ कोरोना भेरियन्ट (ओमिक्रोन)को जोखिम बढ्दै गएपछि मन्त्रालय मातहातका स्वास्थ्यसंस्थामा आवश्यकता अनुसार करारमा जनशक्ति थप गर्न समेत लागेको जनाएको छ ।

यसभन्दा अगाडि नियुक्त भएका स्वास्थ्यकर्मीको करार अवधि पुषसम्म थप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?