+
+

सर्लाहीका सीडीओ र एसपीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते ९:५१

२७ पुस, जनकपुरधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीलाई कोरोना संक्रमण भएको छ । आइतबार बेलुका स्वाब दिएका दुवैको  रिपोर्ट सोमबार साँझ पोजेटिभ आएको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा कोरोना देखिएपछि दुवै जना आ-आफ्नो निवासमा आइसोलेट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको कोरोना ल्याबमा स्वाब दिएका थिए । एसपी प्रसाईंले प्रायः प्रजिअसँगै रहनुपरेका कारण उनले पनि स्वाब दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए । प्रजिअ गौतमले अनलाइनखबरसँग भने, ‘कास्कीमा हुँदा पनि संक्रमित भएर निको भएको थिएँ ।’

कोरोना संक्रमण भएका दुवै जना जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?