+
+

राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायणको सालिकमा माल्यार्पण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते ११:२३

२७ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेकी हुन् ।

माल्यार्पण गर्न विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण पनि त्यहाँ पुगेका छन् ।

कार्यक्रममा पर्यटनमन्त्री प्रेम आले, राप्रपाका नेता कमल थापा लगायत थिए ।

कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारद अर्पण गरेको थियो ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?