+
+

अष्ट्रेलियामा थपिए एक सातामै ६ लाख कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १३:५९

२७ पुस, काठमाडौं । अष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको कुल संख्या ११ लाख नाघेको छ । कुल संक्रमितमध्ये गत साता थपिएका संक्रमितको संख्या ६ लाखभन्दा बढी रहेको छ ।

मंगलबारसम्म अष्ट्रेलियामा कुल ११ लाख २६ हजार जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । त्यहाँ मंगलबार थप ८६ हजार नयाँ संक्रमित थपिएका छन् ।

सोमबार ६७ हजारभन्दा केही बढी संक्रमित थपिएका थिए भने आइतबार थपिएका दैनिक संक्रमितको संख्या एक लाख नजिक थियो । तर केही राज्यले घरमै एन्टिजेन परीक्षणपछि कोरोना पोजिटिभ देखिएकाको संख्या समावेश नगरेका कारण सोमबार थपिएका संक्रमितको संख्या बढी हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

यसअघि अष्ट्रेलियामा कडा लकडाउन र सीमामा कडाइ गरिएका कारण कोभिड महामारी सफलतापूर्वक नियन्त्रणमा आएको थियो । त्यहाँ लगभग सबै वयस्कलाई कोभिड खोप लगाइसकिएको छ । १६ वर्षमाथिका झण्डै ९२ प्रतिशत मानिसले दोस्रो डोज लगाइसकेका छन् भने सोमबारदेखि ५ देखि ११ वर्षका बालबालिकालाई फाइजरको पहिलो डोज लगाउन थालिएको छ ।

पछिल्लो समय अष्ट्रेलिया सरकारले आफ्नो अन्तर्राष्ट्रिय सिमाना खुकुलो पार्न थालेको छ । हिडडुल र अन्तर्राष्ट्रिय सिमाना खुकुलो पार्न थालिएलगत्तै कोभिड-१९ का संक्रमित ह्वात्तै बढेका हुन् । त्यहाँ नयाँ ओमिक्रोन भेरियन्ट समेत फैलिइरहेको छ । ओमिक्रोनका संक्रमित बढ्न थालेपछि अस्पतालमा भीडभाड हुन थालेको छ ।

बढ्दो संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यासमेत बढ्न थालेको छ । हाल त्यहाँ ३ हजार ५०० भन्दा बढी संक्रमित अस्पतालमा छन् । जुन संख्या एक हप्ताअघि झण्डै २ हजार थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?