+
+

छुट्टाछुट्टै स्थानमा ६ जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:०२

२७ पुस, काठमाडौं । प्रहरीले विभिन्न जिल्लामा ६ जना मृत भेटिएका जनाएको छ । प्रहरीको दैनिक बुलेटिनअनुसार रामेछाप घर भई बनेपा नगरपालिका-९ काभ्रेपलाञ्चोकमा डेरा बस्ने काजीराम बुढाथोकीलाई मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, सुनसरीका गढी गाउँपालिका-६ का ४० वर्षीय रामलाल उराव सोही ठाउँस्थित नहरको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । उनी गत शुक्रबारदेखि परिवारको सम्पर्कमा थिएनन् । सुनसरीको ईटहरी उपमहानगरपालिका-१९ मौलियाकी २४ वर्षीया सुनिता साह आफ्नै कोठामा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् भने धनुषाको सबैला नगरपालिका-९ मा पाल टाँगी बसेका ६७ वर्षीय महमद मोईम बन्जारा पालभित्रै मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

साथै पोखरा महानगरपालिका-१७ सितापाइलास्थित बाटो छेउमा ५८ वर्षीया सेती राना मंगलबार मृत भेटिइन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मगरघाट पुलबाट रंगशाला जाने सडक छेउमा एक महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?