+
+
Shares

शिवम् सिमेन्टद्वारा झण्डै साढे ३ हजार निर्माणकर्मीलाई प्राविधिक तालिम

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १९:०८

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानहरुमा रहेका झण्डै साढे ३ हजार निर्माणकर्मीलाई निर्माणसम्बन्धी प्राविधिक तालिम दिएको छ ।

कम्पनीका अनुसार ३ हजार ४५ निर्माणकर्मीहरुलाई दैनिक निर्माण कार्यमा खटिँदा आइपर्ने जोखिमलाई ध्यानमा राखेर ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा समेत गरिएको छ ।

कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकहरुले सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गर्राएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागी निर्माणकर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरु, व्याग, टिफिन बक्स आदिका साथै इन्सुरेन्स पोलिसी समेत हस्तान्तरण गरिएको थियो ।

शिवम् सिमेन्टले संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिरहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहु, बागलुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरुको विभिन्न ५२ स्थानमा कार्यक्रम सञ्चालन गरिसकिएको कम्पनीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?